Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आजको मौसम : पश्चिमी वायु सक्रिय, पानी र हिउँ पर्नेक्रम बढ्ने

    आजको मौसम : पश्चिमी वायु सक्रिय, पानी र हिउँ पर्नेक्रम बढ्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 993
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन् । रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।



    यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।



    यस्तै राति देशका धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    बिहीबारको तुलनामा शु्क्रबार पानी र हिउँ पर्नेक्रम बढ्नेछ। शुक्रबार दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबारदेखि भने यो प्रणालीको प्रभाव कम हुँदै गएर मौसम विस्तारै खुल्न थाल्ने मौसमविद्ले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार