Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

    आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    जसकारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर नै आंशिकदेखि सामान्य बदली रहने छ ।



    देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार