Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री पाेखरेल भन्छन् - पूर्वराजालाई गुहार्न बाँकी थियो, त्याे पनि पूरा भयाे

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले पूर्वराजालाई गुहार्ने काम पूरा भएकाे बताएका छन् ।

राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्याे काम बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूरा गरेको नेकपा एमालेका नेता पोखरेलले टिप्पणी गरेका हुन् ।

यद्यपि पाेखरलले आफ्नाे टिप्पणीमा प्रचण्डकाे नाम भने उल्लेख गरेका छैनन् ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भनेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए,कमसेकम राजाको सान त थियो ।’

प्रचण्डकाे याे अभिव्यक्तिप्रति लक्षित हुँदै पाेखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077