Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डलाई राजा फर्काउने आन्दोलनको नेतृत्व लिन कमल थापाको सुझाव

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउने आन्दोलनको नेतृत्व लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

बिहीबार अध्यक्ष प्रचण्डले राष्ट्रपति भन्दा राजा नै ठीक भन्ने निश्कर्ष सुनाएपछि राजसंस्था पुनःस्थापनाबारे थापाले यस्तो सुझाव दिएका हुन् । प्रचण्डले हिजो सम्पादकहरुसँगको अन्तरक्रियामा राष्ट्रपति भन्दा राजनै ठीक रहेको अभिव्यक्ति दिएका थिए ।

आज अध्यक्ष थापाले प्रचण्डको भिडियो शेयर गर्दै थापाले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं। यो असल कामको पहल गर्नुहोस। '

https://twitter.com/KTnepal/status/1408263132338741249

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077