Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाविरुद्ध गठबन्धन बनाउन निधि, कोइराला र सिंह छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशन नजिकिएसँगै आगामी नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।

आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो ।

निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077