Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नदीमा हामफालेर बग्दै गरेकी महिलाको उद्दार

बर्दिया। जिल्लाको गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेर बग्दै गरेकी १ महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ ।

बिहीबार दिउँसो अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो ।

उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला भारत बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ बस्ने खुल्न आएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ती महिलालाई भारतको गाउँ प्रधानसँग समन्वय गरी उनका श्रीमानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077