Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङका दुई फाउन्डेसनको सहयोगमा ४५० थान सिलिन्डर नेपाल आइपुगे

काठमाडौँ । हङकङबाट झण्डै १ करोड बराबरको अक्सिजन सिलिन्डर नेपाल आएको छ ।

आज हङकङका दुई संस्थाले सहयोग स्वरुप दिएको (१ करोड बराबरको) ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको हो ।

हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा उक्त संख्यामा अक्सिजन सिलिन्डर नेपाल पठाएको हो ।

फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणको सिलिन्डर नेपाल पठाइएको बताए । गुरुङको उक्त सिलिन्डर चार प्रदेशका लागि पठाइएको हो ।


जसमा गण्डकी प्रदेशका लागि १२५, कर्णाली प्रदेशका लागि १२५, सुदुरपश्चिम प्रदेशका लागि ११० र बागमती प्रदेशका लागि ९० थान सिलिन्डर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077