Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरायसी विवादका कारण छोराले गरे बुबाको हत्या

जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण आफ्नै बुबालाई हत्या गरेको आरोपमा छारो पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर १ काशीपुर बस्ने ७० वर्षीय विसो यादवको गए राति उनकै छोरा श्रीकिसुन यादवले हत्‍या गरेका हुन् ।

प्रहरीका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077