Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरो कप : आजदेखि नकआउट चरणका खेल

एजेन्सी । युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

पहिलो खेलमा आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह बी को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077