Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तीन दिन लगातार वर्षा

काठमाडौँ । तीन दिन लगातार देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ ।

अहिले प्रदेश १, प्रदेश २ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077