Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले स्थायी कमिटीको बैठक बस्दै

    एमाले स्थायी कमिटीको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ ।

    पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो ।



    एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको छ । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदेखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।



    विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ ।

    पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको बताइएको छ ।

    महासचिव ईश्वर पोखरेल सहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ । एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार