Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

    नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 690
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किएका छन् ।

    नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् ।



    उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरे ।



    मन्थली नगरपालिकाको पूर्व मेयरसमेत रहेका बस्नेत गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए । तर निर्वाचनमा पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् ।

    बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार