Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप फुटबलमा आज दुई खेल, कुन-कुन भिड्दै ?

एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक र दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ भने स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह 'बी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077