Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गरिने, सार्वजनिक यातायातमा पनि जोरबिजोर हुनसक्ने !

काठमाडौं । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञाको नयाँ मोडालिटीबारे भोलि मात्रै निर्णय हुने भएको छ।

आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाको नयाँ मोडालिटीबारे छलफल गरेका छन् ।

छलफलपछि काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको बताए ।

पराजुलीका अनुसार सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि छलफल भएको छ। ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ सीडीओ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’

गत वैशाख १६ गतेबाट उपत्यकामा घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077