Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा

एजेन्सी । बेल्जियम र चेक रिपब्लिक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनमा भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । योसँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटलीसँग खेल्नेछ ।

अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा पुगिसकेको छ ।

यस्तै गएराति भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका लागि टोमस होल्स र प्याट्रिक सिकले एक एक गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे ।

अब क्वाटरफाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्कले वेल्सलाई हराएर अन्तिम आठमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077