Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोपा अमेरिका : ब्राजिल र इक्वेडरले बराबरी खेले

एजेन्सी । ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडरले एक एक गोलको बराबरी खेलेका हुन् । खेलमा ब्राजिलले सुरुवाती अग्रता जोगाउन सकेन ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे । बराबरीसँगै समूह बी को ब्राजिल समूह विजेता बनेको छ ।

ब्राजिलको ४ खेलमा १० अङ्क छ । समान चार खेलमा ३ अङ्क जोडेको इक्वेडर पनि चौथो स्थानमा छ ।

यस्तै पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० गोलले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो ।

पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077