Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप फुटबलमा आज दुई खेल, फ्रान्स-स्वीजरल्यान्ड र स्पेन र क्रोएसिया भिड्दै

एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ  ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ।

यस्तै आज राति रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077