Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रभुसँग मिलेर अर्बौंको जग्गा हत्याउने दाउमा बैंक डिफल्टर बस्नेत

    प्रभुसँग मिलेर अर्बौंको जग्गा हत्याउने दाउमा बैंक डिफल्टर बस्नेत

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका सुधीर बस्नेत संलग्न थप ११ सहकारीका कर्मचारी र ऋणीउपर ३५ दिने सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को–अपरेटिभ बाहेक अरु सहकारी संस्थाका ऋणी, पदाधिकारी र कर्मचारीलाई ऋण चुक्ता गर्न आउन भनेको हो ।

    कोभिड महामारीको कारण निषेधाज्ञा भएको समयमा निषेधाज्ञा खुलेको ३५ दिनभित्र उनीहरुलाई कार्यालयमा आएर आफ्नो ऋणको फरफारक गर्न भनिएको छ ।



    स्ट्यान्डर्ड सेभिङ, प्यासिफिक सेभिङ, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ, कञ्जुमर बचत, कुवेर बचत, चार्टर्ड सेभिङ, भेगास बचत, स्ट्यान्डर्ड मल्टिप्रोपोज को–अपरेटिभ, सोसाइटल बचत र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका ऋणी, पदाधिकारी र कर्मचारीलाई यस्तो सूचना जारी गरिएको हो ।



    यी सबै सहकारी बस्नेतको ओरेन्टल ठगी प्रकरणसँग सम्बन्धित छन् । तर, उच्च महत्वाकांक्षा र व्यापारिक अनुभवको अभावका कारण रातारात अर्बपति बनेर सडकमा झरेका बस्नेतलाई जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाई प्रभु शमशेर राणा नै लागिपरेको हुँदा बस्नेतले भने उन्मुक्ति पाउँदै आएका छन् ।

    अहिले पनि बस्नेत दिनभर प्रभु शमशेरको कार्यालय रहेको बानेश्वरको आइपेक्स भवनमा बस्ने गरेका छन् । करिब १६ अर्ब ठगीको आरोप लागेका बस्नेत पछिल्लो समय अदालतबाट आफ्नो सम्पत्ति फर्काउने योजनामा उनै प्रभुमार्फत सेटिङ मिलाइरहेको स्रोत बताउँछ ।

    प्रभुकै सहयोगमा उनले पछिल्लो समय आफ्नो पक्षमा अदालतबाट फैसला गराउन सफल भएका छन् । एनआईसी एसियालगायत बैंकले लिलाम गरेको घरजग्गा फिर्ता गराउने पहलमा उनी लागेका छन् । बस्नेत ऋण तिर्न नसकेर एनआईसी बैंकले सकारेको धापासीको जग्गामा पनि प्रभुमार्फत फिर्ता गराउने षड्यन्त्रमा लागेका छन् ।

    स्रोतका अनुसार एनआईसीका सिइओ रोशन न्यौपानेले प्रभुलाई पटक–पटक भेटेर एनआईसीको पक्षमा फैसला गराउन पहल गरिरहेका छन् । ऋण तिर्न नसकेपछि एनआईसी एशिया बैंकले २०७० सालदेखि आफ्नो नाममा ल्याएको धापासीस्थित करोडौको जग्गा फिर्ता ल्याउन बस्नेत लागिपर्दै आएका छन् ।

    सर्वोच्चमा बस्नेतले हालेको रिटको पेसी दर्जनौं पटक सर्दै आएको छ । उक्त जग्गा सम्बन्धी मुद्दामा जिल्ला र पुनरावेदन अदालतले बैंकको पक्षमा निर्णय सुनाएको थियो। सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले जग्गा धितो राखेर लिएको रकम तिर्न नसकेपछि करिव ८ बर्षदेखि उक्त जग्गा एनआईसी बैंकले सकारेर आफ्नै कार्यालय सञ्चालन गर्ने गरी भवनहरू निर्माण गरेको थियो।

    राजधानीको धापासीहाइटमा रहेको २६ रोपनी ९ आना जग्गा अहिले एनआईसी एसिया बैंकको नाममा छ । उक्त जग्गाको मूल्य अहिलेको बजार भाउ अनुसार १ अर्ब ५० करोडको हाराहारीमा पर्ने बताइन्छ । करिव ८ बर्ष अघि एनआईसी बैंकले २४ करोडमा उक्त जग्गा बिड गरेर आफ्नो नाममा ल्याएको थियो ।

    एनआईसीले उक्त जग्गामा २०७४ सालमा करिब ३० करोड भन्दा बढी लगानी गरेर भौतिक संरचना समेत निर्माण गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार