Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एनआइसी बैंकको लुटधन्दा, स्थिर व्याजदरको पनि बढायो ब्याज

    एनआइसी बैंकको लुटधन्दा, स्थिर व्याजदरको पनि बढायो ब्याज

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। एनआइसी एशिया बैंकले आफ्नो नारा आर्थात स्लोगन ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने राखेको छ । तर, बैंकले गर्दै आएका क्रियाकलापनले भने उक्त नाराकै अपमान भएको प्रष्ट हुन्छ ।

    कहिले राष्ट्र बैंकको निर्देशन लत्याउने त कहिले ऋणीहरुलाई अनावश्यक दुःख दिएका समाचाहरु एनआईसीका लागि नौला होइनन् । केही समय अघि कोरोना महामारीका बेला १० प्रतिशतको ब्याज बढाएर १६ प्रतिशतसम्म असुलेपछि राष्ट्र बैंकले स्पष्टिकरण नै सोधेको थियो । यसरी बैंकले राष्ट्र बैंकको निर्देशनलाई समेत धज्जी उडाउँदै वित्तिय अपराध गरिरहँदा पनि बैंकमाथि कुनै कारबाही हुन सकेको छैन ।



    अहिले पनि बैंकले निक्षेप उठाउनका लागि अन्य बैंकले भन्दा बढि ब्याजदर देखाएर अर्बौं रकम जम्मा गर्न सफल भएको छ । बैंकहरुले निक्षेपको अवभाव देखाउँदै कार्तिक १ गतेबाट लागूहुने गरी अत्याधिक ब्याजदर बढाए । ब्याजदर अत्याधिक बढेपछि राष्ट्र बैंकले गत मंगलबार राती (एक साता अघि) बढेको ब्याजदर घटाउन निर्देशन दियो । तर, एनआईसी एशिया बैंकले भने बुधबार पनि एक दिन पूरानो मिति राखेर १० अर्ब भन्दा बढि निक्षेप उठाएको स्राेतकाे दावी छ ।



    यसरी वित्तिय अपराध गरेको बैंकले अहिले फेरि अर्को बदमासीले गरेको छ, जसले ऋणीलाई रुनु न हाँस्नु बनाएको छ । प्रसंग हो, फिक्स्ड ब्याजमा दिएको ऋण । बैंकले यसअघि तोकेको ५ बर्षे, १० बर्षे र १८ वर्षे स्थिर व्याजदर तोकेर कर्जा प्रवाह गरेको थियो । स्थिर ब्याज राखेर ८ प्रतिशत ब्याजमा घर तथा गाडी कर्जा स्कीम ल्याएको बैंकले अहिले ऋण लगेका ऋणीहरुलाई बोलाएर कि त बढेको प्रिमियमसहित ब्याज तिर होइन भने तत्काल ऋण तिर भन्दै धम्की दिन थालेको पीडितहरुले आरोप लगाएका छन् ।

    आइतबारदेखि नै बैंकका शाखाहरुले ग्राहकलाई टेलीफोन गरेर व्याज बढेको जानकारी गराएका थिए । केही शाखाहरुले भने बैंकमै बोलाएर थप गरिएको ब्याजको नयाँ कागज बनाई हस्ताक्षर गर्न दबाब दिइरहेको समेत पीडितहरुको आरोप छ ।

    बैंकको केन्द्रीय कार्यालय थापाथलीले भित्रि सर्कुलर जारी गरेर प्रादेशीक कार्यालय हुँदै शाखा कार्यालयहरुलई ब्याज बढाउन निर्देशन दिएको र बढेको ब्याज तिर्न ऋणीहरुले अस्वीकार गरेको खण्डमा ऋण नै चुक्ता गर्न दबाब दिएको स्रोतको दावी छ ।

    एकातिर केन्द्रको दबाब र अर्कोतिर ग्राहकहरुको दबाब थेग्न नसकेर दुई दिनमै झण्डै ५० जना कर्मचारीले एनआईसी बैंक छाडिसकेका छन् । यद्यपी बैंक भने करार अवधिका कर्मचारी हटाइएको दावी गरिरहेको छ ।

    बैंकले नियमित ब्याज र किस्ता तिरिरहेको ऋणीलाई पनि स्थिर व्याजदरको व्याज बढाइएको भन्दै दबाब दिइरहेको छ । आकर्षक स्किम देखाएर कर्जा दिएको एनआईसीले अहिले व्याज बढाउने सर्त राखेको ऋणीहरुलाई अनावश्यक आर्थिक समस्यामा फसाएको छ ।

    एनआइसी भनेको नेपालकै नम्वर वान बैंक हो, हामीले जे पनि गर्न पाउनुपर्छ भन्ने शैलीमा बैंकले नियामकको निर्देशनको नै धज्जी उडाउँदा पनि राष्ट्र बैंक अहिलेसम्म मौन बसेको छ ।

    हुनत, बैंकले गत बैशाखमा कोरोना महामारीले समस्यामा परेका ऋणीमाथि चर्को ब्याज लिएर झन समस्या थोपरेको थियो । त्यतिबेला एनआईसीको विराटनगर शाखाले ९.९२ प्रतिशतमा ब्याज दिएको भएपनि कोरोना महामारीको समयमै ब्याजदर बढेर १५.७० प्रतिशत पुगेको भन्दै एक ऋणीलाई पत्र काटेको थियो ।

    बेस रेट ६.७७ प्रतिशत रहेको एनआईसीले प्रिमियम दर ८.९३ राखेर १५.७० प्रतिशत पुर्याएको थियो । अचाक्ली ब्याज बढाएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएपछि त्यतिबेला नैराष्ट्र बैंकले एनआईसीसँग जवाफ माग गरेको थियो।

    ऋण दिने बेला ग्राहक तान्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने एनआइसी एशिया बैंक यस अघि पनि ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरेर हडप्दै आएको आरोपमा विवादमा तानिएको थियो । त्यसो त बैंकले अत्यधिक ब्याजदर लिने गरेको गुनासो यस अघि पनि पटक–पटक बाहिर नआएका होइनन् । राष्ट्र बैंकको आँखा छल्न र ग्राहकलाई झुक्याउनका लागि ब्याजदर १० प्रतिशत भन्दा कम कायम गर्ने एनआईसीले ऋण लिएको अर्को महिना नै ब्याजदर बढाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार