Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मुगुमा अज्ञात व्यक्तिद्वारा एनआईसी एसिया बैंकमा तोडफोड

    मुगुमा अज्ञात व्यक्तिद्वारा एनआईसी एसिया बैंकमा तोडफोड

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 246
    SHARES

    मुगु । मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ ।

    शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेर कार्यालयमा तोडफोड गरेका हुन् ।



    उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।



    बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको सिसी क्यामेरामा देखिएको छ ।

    बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार