Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कर्मचारीहरुको सेवा र सुविधा बढाउँदै एनआइसी एशियाले भन्यो–बैंकको सफलतामा कर्मचारीहरुकै योगदान छ

    कर्मचारीहरुको सेवा र सुविधा बढाउँदै एनआइसी एशियाले भन्यो–बैंकको सफलतामा कर्मचारीहरुकै योगदान छ

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । आफ्ना सबै कर्मचारीहरुलाई उत्तिकै सेवा र सुविधा प्रदान गर्दै आएको एनआइसी एशिया बैंकले उल्लेख्य रुपमा तलब र सुविधाहरु वृद्धि गरेको छ । बैंकले कर्मचारीको आवश्यकतालाई बुझेर तलब र सुविधाहरु वृद्धि गरेको जनाएको छ ।

    बैंकले एनआइसी एशिया कर्मचारी संघका प्रतिनिधि र व्यवस्थापनका प्रतिनिधिकाबीचको सामूहिक छलफलपछि कर्मचारीहरुको तलब र सुविधाहरु ४० प्रतिशतसम्मको बृद्धि गरेको हो।



    बैंकले अहिलेसम्मको आफ्नो सफलतामा सबै कर्मचारीको मेहनत र लगाव रहेको उल्लेख गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्न सुविधाहरु वृद्धि गरेको जनाएको छ ।



    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले भने–‘कुनै पनि संस्थाको सफलताको कारक कर्मचारी हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हरेक कर्म र प्रतिफलबीच यथोचित सन्तुलन कायम गर्नुपर्छ । कर्मचारी वर्गले गरेको प्रयासको परीणामस्वरुप आज बैंक यस उचाइसम्म पुग्न सफल भएको छ । यस सफलताको पहिलो श्रेय कर्मचारी वर्ग हो भन्ने तथ्यलाई सम्मान गर्दै बैंकले कर्मचारीहरुलाई यस्तो सुविधा दिएको हो ।

    बैंकले मासिक तलबमात्र होइन, आफ्ना कर्मचारीको जीवनयापनलाई अझ सहज बनाउन अन्य सुविधाहरु पनि थपेको छ । बैंकले कर्मचारीहरुका लागि घर कर्जा, व्यक्तिगत कर्जा र सवारी कर्जामा समेत उल्लेख्य सुविधा दिएको छ ।

    बैंकले पछिल्लो समय वृद्धि गरेको तलब, भत्ता र अन्य सेवा सुविधासँगै एनआईसी एशिया बैंक नेपालको बैंकिङ क्षेत्रकै उत्कृष्ट तलब सुविधा दिने बैंकहरुमा पुग्न सफल भएको बैंकको दावी छ ।

    सिइओ न्यौपानेले भने–‘बैंकले कर्मचारीहरूलाई सधै बैंकको सफलताको संवाहकको रुपमा ग्रहण गरेको छ । बैंक हालको अवस्थासम्म आइपुग्न कर्मचारी वर्गकोे अतुलनीय योगदान रहेको तथ्यलाई बैंकले सँधै मनन गरेको छ ।’

    तलबभत्ता बृद्धिपपछि बैंकको खुद मुनाफाबाट छुट्टाइएको कर्मचारी बोनस रकम, सहुलियतपूर्ण कर्जालगायतका सेवा सुविधाको अतिरिक्त कर्मचारीको तलब भत्तामा वार्षिक ३ अर्बभन्दा लगानी हुने अनुमान बैंकले गरेको छ ।

    बैंकलाई आम जनमानसले गरेको विश्वास, माया र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर पुग्न सफल भएको एनआईसी एशियाले जनाएको छ ।

    हाल मुलुकभर बैकका ३५८ शाखा कार्यालयहरू संचालनमा छन् । बैंकले आफ्ना ग्राहकको कारोबारमा अझ सकेसम्म धेरै सुविधा होस् भनेर मुलुकभर ४७३ एटिएम मेसिन संचलनमा ल्याएको छ ।

    त्यसैगरी बैंकले ६८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिमार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । यी सबै सेवा सुविधा र उपलब्ध पूर्वाधारका आधारमा एनआइसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पुँजीमा प्रतिफल, प्रति शेयर आम्दानी (निजी क्षेत्रको बैंकहरूमा), शाखा कार्यालय, एटिएम संख्या र ग्राहक संख्या (निजी क्षेत्रको बैंकहरूमा) को आधारमा देशका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान हासिल गरेको छ ।

    हाल बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता र ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू रहेको पनि बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार