Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एनआईसी एसिया बैंक पौने ३ करोड ‘स्क्याम’ प्रकरण : नक्कली ऋणी पक्राउ

    एनआईसी एसिया बैंक पौने ३ करोड ‘स्क्याम’ प्रकरण : नक्कली ऋणी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.4K
    SHARES

    राजविराज । एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित पक्राउ परेका छन् ।

    लिखत सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भएको दुई महिनापछि राजविराज नगरपालिका–९ का २८ वर्षीय मो. सद्दाम मंगलबार पक्राउ परेको हुन् ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार राजविराजकै एक पसलबाट सद्दामलाई पक्राउ गरिएको हो । अर्काका नाममा रहेको जग्गाको नक्कली जग्गाधनी प्रमाण बनाइ बैंकबाट ऋण उठाएको माघ २३ गते खुलासा भएपछि सद्दाम फरार भएका थिए ।



    सद्दामसहित बैंकका प्रमुख, ऋण अधिकृतसहित ९ जना विरुद्ध अदालतबाट वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । उनीहरू विरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार