Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोरोना संक्रमण घटेको छ तर जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर घटेको तर जोखिम भने अझै कायम रहेकोभन्दै सम्पूर्ण नागरिकहरुमा सजग रहन आग्रह गरेको छ।

सोमबार मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण घटेको तर जोखिम हटेको छैन है भन्दै सजग रहन सम्पूर्णमा आग्रह गरेको हो।

'हाल निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम उत्तिकै छ र सावधानी अपनाउनु अन्त्यन्त जरुरी छ, त्यसैले कम नपरी घर बाहिर ननिस्कौं।' मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

यस्तै, विज्ञप्तिमा 'घर बाहिर जाँदा नाक,मुख र चिउडों छोपिने गरेर मास्क लगाउने, घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने,नियमित बाहिर जानु छ भने परिवारसँग सकेसम्म घुलमिल नहुने, साथीलाई भेट्दा हात नमिलाउने र घरबाहिर गएर फर्केपछि नुहाउन आग्रह गरिएको छ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै निकालेको बिज्ञप्ति :  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077