Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८० किलो लागूऔष गाँजासहित दुई जना पक्राउ 

जनकपुरधाम। सर्लाहीमा प्रहरीले ८० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा नम्वर १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लालबन्दी नगरपालिका वडा नम्वर १५ बाट लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077