Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मनसुन फेरी सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा मनसुन फेरी सक्रिय बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा भारी वर्षाको सम्भावना छ।

केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुन लागेको हो। मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077