Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्पेन युरो कपको क्वाटरफाइनलमा

एजेन्सी । स्पेन युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।

निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो । स्पेनले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077