Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा कोरोना संक्रमण दर ७० प्रतिशतले वृद्धि

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर ७० प्रतिशतले वृद्धि भएको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमण दर अत्यधिक बढेको हो ।

सोमबार २४ घन्टाको अवधिमा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ३० पछिको सबैभन्दा बढी हो ।

कोरोना महामारी नियन्त्रणका लागि पटक पटक थपिएको लकडाउनका बीच पनि संक्रमण दर नघटेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने बेलायत सरकारको तयारी छ ।

कोराना महामारीकाबीच बेलायतले आफ्ना ७ करोड ७० लाखभन्दा बढी नागरिकलाई खोप दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077