Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना र उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।

बोलिभिया भने कुनै पनि खेल नजिति प्रतियोगिताबाट नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक एक गोल गरे ।

कोपा अमेरिकाअन्तर्गत अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।

जितसँगै उरुग्वे दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । उरुग्वेका लागि इडिसन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077