Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

६ जिल्लाका सिडिओको सरुवा , दाहाल र तामाङ मन्त्रालय तानिए

काठमाडौं। निषेधाज्ञाको समयमा गृह मन्त्रालयले आधा दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) को सरुवा गरेको छ।

गृह मन्त्रालयले मंगलबार साँझ निकालेको सिडिओहरुको सरुवा सूची अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

मन्त्रालयकै अर्का उपसचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको सिडिओको जिम्मेवारी दिइएको छ भने कञ्चनपुरका रामकुमार महतोलाई सर्लाही पठाइएको छ ।  धनकुटाका सिडिओ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङ मन्त्रालय तानिएका छन् ।

जुम्लाको प्रजिअमा मन्त्रालयकी उपसचिव विजया प्रसाईँलाई पठाइएको छ । जुम्लाका सिडिओ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरण पुर्‍याइएको छ । मुस्ताङमा पोखराका सहायक सिडिओ श्रीनाथ पौडेललाई पठाएको छ भने रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077