Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वीडेनलाई हराउँदै युक्रेन युरो कपको क्वाटरफाइनलमा

एजेन्सी । युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को खेलमा युक्रेनले स्वीडेनलाई २–१ गोलले हराउँदै अन्तिम ८ को स्थान पक्का गरेको हो ।

निर्धारित समयको खेलमा एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । स्वीडेनका लागि ४३ औँ मिनेटमा एमिल फोर्स्बर्गले बराबरी गोल फर्काए ।

त्यसअघि २७ औँ मिनेटमा युक्रेनका लागि ओलेक्सान्ड्र जिन्चेन्कोले गोल गरेका थिए । दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।

खेलको ९९ औँ मिनेटमा मार्कस डानिएल्सन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्वीडेन १० खेलाडीमा सीमित भयो । युक्रेनका लागि अतिरिक्त समयको इन्जुरी समयमा अर्थात १२१ औँ मिनेटमा अर्तेम डोभ्बीकले विजयी गोल गरे ।

सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077