Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

    एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

    आजको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने बताइएको छ ।



    केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।



    मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

    विसं २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । गत वर्ष फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार