Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भारतीय दूतावासमा राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौँस्थित भारतीय दूतावासमा प्रवेश गरेका छन्।

बुधबार दिउँसो नेता महतो राजधानीको लैनचोरस्थित भारतीय दूतावासमा प्रवेश गरेको स्रोतले जानकारी दिएको छ।

यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वाेच्च अदालतको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन् ।

पछिल्ल्लो समय उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए।

प्रतिनिधिसभा विघटनपछि बिकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै भारतीय दुताबासको चलखेल बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077