Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् ।

पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।

पहिरोका कारण चार घर जोखिममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077