Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै सक्दैन भन्दै कड्किए अधिवक्ता दाहाल

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दामा सरकारको तर्फबाठ बहस गरेका अधिवक्ता बाबुराम दाहालले राष्ट्रपतिको निर्णय पुनरावलोकन हुनै नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका अधिवक्ता दाहालले अदालतले संविधानको धारा ७६ (५) को व्याख्या गर्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी सल्लाहकार समेत रहेका दाहालले भने–‘व्याख्या गर्दा संविधानले दिएको अधिकार छेक्ने गरी हुन सक्दैन ।’ यो रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाइएको भन्दै उनले अदालतले ७६ (५) को व्याख्या गर्दा आगामी दिनका लागि हुने गरी मात्र व्याख्या गर्नुपर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077