Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विपक्षी दलका केही नेता खोप ल्याउन नदिने पक्षमा रहेको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका केही नेताहरुले कोरोनाविरुद्धको खोप नदिन लबिंग गरिरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने–‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन् ।’

यद्यपी उनले दुई दिन भित्रै चाहिने जति कोरोना खोप आउने दाबी गरे । उनले भने–‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077