Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिमाथि योजनावद्ध आक्रमण : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमाथि योजनावद्ध आक्रमण भइरहेको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने–‘राष्ट्रपति संवैधानिक संस्था हो। यो संस्थामाथि निरन्तर आक्रमणको प्रयास भइरहेको छ। पार्टीको नेता हो भन्ने अरूको दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरूको पार्टीको हित हुने कार्य सहन सकिँदैन ।’

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने–‘हामी पार्टीको एकता जोगाउन अधिकतम् लचिलो हुन तयार छौं। हाम्रो आन्दोलन धेरै मजबुत छ । बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्न हामी तयार छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077