Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धादिङमा पहिरोले गाडी पुरिँदा २ को मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

पहिरोमा पाँच सवारी साधन पुरिएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रक पहिरोमा पुरिँदा चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतीय नागरिक ४३ वर्षीया सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रजाको घट्नास्थलमै तथा सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । पहिरोमा बा १२ च ७१५६ नम्बरको भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका छन् ।

अहिले घट्नास्थलमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077