Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।

आज बिहान भएको अर्को खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077