Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छोरोले विदेशमा राम्रो काम पाएन भनेर गोली हानी हत्या गर्ने २ वर्षपछि पक्राउ

काठमाडौं । दुई वर्ष अघि कपिलवस्तु कृष्णनगर नगरपालिका–१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विजयनगर गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले कपिलवस्तु नगरपालिका–१० नेपाल–भारत सिमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुर्मीले दुई वर्ष अघि छोराले विदेशमा राम्रो काम नपाएको भन्दै वैदेशिक रोजगारीमा पठाएका पुरीलाई गोली हानी हत्या गरेको खुलेको छ ।

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको हो ।

यस्तो थियो घटना विवरण
कुर्मीले छोरालाई विदेश पठाइदिनु भन्दे पुरीलाई १ लाख १५ हजार रूपैयाँ दिएका थिए। सोही अनुसार पुरीले कुर्मीका छोरालाई बहराइन पठाइदिए । कुर्मीका छोरा बहराइ पुगेपछि भनेको काम भएन भन्दै फोन गर्न थाले । त्यपछि कुर्मीले पनि यहाँ राम्रो कम्पनी र तलब नपाएको भन्दै पुरीसँग पैसा फिर्ता माग्न थाले।

प्रहरीका अनुसार पटक–पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए। यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए। तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेका थिए ।

गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077