Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रमजीवी पत्रकारहरुको हक हितमा काम गर्न पत्रकार महासंघ उपत्यका प्रदेशद्वारा पाँचवटा समिति गठन

    श्रमजीवी पत्रकारहरुको हक हितमा काम गर्न पत्रकार महासंघ उपत्यका प्रदेशद्वारा पाँचवटा समिति गठन

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले विभिन्न पाँचवटा समिति गठन गरेको छ । श्रमजीवी पत्रकारलाई श्रमजीवीको मुद्दा सम्बन्धी विषयमा निःशुल्क कानुनी सहायता प्रदान गर्न तथा श्रमजीवी पत्रकारको हक अधिकारका लागि काम र्गर्नेलगायतका उद्देश्यका साथ समिति गठन गरिएको प्रदेश समितिका सचिव रोशनराज पाण्डेले जानकारी दिए ।

    उपाध्यक्ष रोजिना थापाको संयोजकत्वमा दिया चन्द र रमा न्यौपाने ‘आज्र्या’ सदस्य रहेको महिला विभाग, महासचिव टेनिस रोकाको संयोजकत्वमा सचिव अमर भुजूँ र सदस्य घनश्याम अधिकारी ‘वैरागी जेठा’ सदस्य रहेको श्रमजीवी हित प्रवर्द्धन समिति, सचिव रोशनराज पाण्डेको संयोजकत्वमा अर्जुनबहादुर तामाङ र नेत्र न्यौपाने सदस्य रहेको जिल्ला समन्वय समिति, कोषाध्यक्ष अर्जुन पन्तको संयोजकत्वमा माधव प्रसाद घिमिरे र प्रवीण श्रेष्ठ सदस्य रहेको प्रकाशन÷प्रसारण समिति र विष्णु गिरीको संयोजकत्वमा सुशील दर्नाल र दिया चन्द सदस्य रहने गरी कानुनी सहायता डेस्क स्थापन गरिएको छ ।



    समिति गठन भएसँगै उपत्यका प्रदेश समितिले अब श्रमजीवी पत्रकारलाई श्रमजीवीको मुद्दा सम्बन्धी विषयमा निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको हो । कोभिड–१९ को बहानामा ठूला सञ्चार गृहबाट श्रमजीवी पत्रकारलाई निष्कासित गर्ने, नियमित तलब लगायत सेवा सुविधाबाट वञ्चित गर्ने घटना बढेको भन्दै उपत्यका प्रदेशले त्यस्ता श्रमजीवी पत्रकारका लागि निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्ने निर्णय गरेको हो ।



    उपत्यका प्रदेश समितिको शुक्रबार अनामनगरस्थित कार्यालयमा बसेको बैठकले उक्त समितिहरु गठन गरेको हो । अब बस्ने बैठकमा समितिहरुले पूर्णता पाउने बताइएको छ ।

    महासचिव रोकाले श्रमजीवी पत्रकारको श्रम सम्बन्धी हक अधिकार हनन् भएर कानुनी लडाइँमा जानुपर्ने अवस्था आएमा अब प्रदेशले निःशुल्क कानुनी सहायता प्रदान गर्ने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार