Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

एजेन्सी । कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोलम्बियाले आज बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा दोस्रो र चौथोपटक पेनाल्टी प्रहार गरेका उरुग्वेका खेलाडीको बल कोलम्बियाका गोलरक्षकले रोक्न सफल भए । कोलम्बियाका चार खेलाडीले लगातार गोल गरे ।

टाइब्रेकरमा ४–२ को नतिजा निकालेको कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । एडिन्सन काभानी, लुइस स्वारेजसहितका स्टार खेलाडी रहेको उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि शनिबार भएको खेलमा जित निकाल्दै ब्राजिलल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077