Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

एजेन्सी । भारतीय अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ।

शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका छन्। उनीहरुले भनेका छन्,‘१५ वर्षको सुन्दर यात्रामा हामीले आनन्दका साथ जीवनकालको अनुभव गर्यौं। हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेमका साथ अगाडि बढेको थियो। अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न चाहन्छौं।’

दुवै जनाले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने बताएका छन्।

उनीहरुबाट १० वर्ष अगाडि एक छोरा जन्मिएका थिए । छोरा आजाद खानलाई दुवैले राम्रोसँग पालनपोषण गर्ने बताएका छन्।

५६ वर्षीय आमिर र ४७ वर्षीया रावबीच सन् २००१ मा चर्चित चलचित्र ‘लगान’को सेटमा भेट भएको थियो।

सन् २००५ मा उनीहरुले विवाह गरेका थिए। सन् २०११ मा उनीहरुबाट छोरा आजादको जन्म भएको थियो।

श्रीमती रावकै लगानीमा आमिरको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज हुने क्रममा छ। यो चलचित्र ओस्कार अवार्ड विजेता टम ह्यांक्स अभिनित चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077