Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इंग्ल्यान्ड र डेनमार्क युरो कपको सेमिफाइनलमा

एजेन्सी । इंग्ल्यान्ड र डेनमार्क युरो कप २०२० को सेमिफाइनलमा प्रवेश गरेका छन्।

इंग्ल्यान्डले युक्रेनलाई चार शुन्य गोलले तथा डेनमार्कले चेक गणतन्त्रलाई दुई एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको चौथो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको थियो। कप्तान ह्यारी केनले रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा गोल गरे।

पहिलो हाफमा एक शुन्यले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै अग्रता दोब्बर पार्‍यो। लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले शक्तिशाली हेडमार्फत बललाई जाली चुमाए।

पाँच मिनेटपछि इंग्ल्यान्डले तेस्रो गोल गर्‍यो। यसपटक पनि शाले नै गोलका लागि पास उपलब्ध गराए। उनले उत्कृष्ट क्रश गरेपछि ह्यारीले हेडमार्फत टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।

इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले चौथो गोल गरे। उनले ६३ मिनेटमा मासन माउन्टले उपलब्ध गराएको पासमा गोल गरे।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हेन्डर्सनले आफ्नो ६२ औं अन्तर्राष्ट्रिय खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा माउन्टको कर्नर बलमा हेडमार्फत बललाई गोलपोस्टको दिशा दिए।

इंग्ल्यान्डले जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन। लगातार पाँच खेलमा गोल नखाइ अन्तिम चारमा स्थान पक्का गरेको इंग्ल्यान्डले अब सेमिफाइनलमा आगामी बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै अर्को क्वाटरफाइनल खेलमा चेक गणतन्त्रलाई डेनमार्कले पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा डेनमार्क मुख्य प्रतियोगितमा सन् १९९२ पछि पहिलो पटक अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।
खेलको पाँचौ मिनेटमा डेनालेले हेडमार्फत गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो।

४२ मिनेटमा डोलबर्गले अर्को गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। दोस्रो हाफ सुरु भए लगत्तै चेकले गोल फर्कायो। ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो।

दोस्रो हाफमा डेनमार्कका पाउलसेनले गोल गर्न गरेको दुई प्रयासमा चेकका गोलकिपर भ्यालिसिक बाधक बनेका थिए।

अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्डसित खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077