Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मनसुन कमजोर बन्दै

काठमाडौँ । शनिबारदेखि मनसुन कमजोर बन्दै गएको छ ।

मनसुन कमजोर बनेसँगै देशभर वर्षा हुने क्रम केही कम भएको छ । केही स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने मौसमविदले बताएका छन् ।

न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई–तीन दिन यस्तै रहने पूर्वानुमान रहेको मौसमविदले बताएका छन् ।

देशभर बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको र मनसुनी गतिविधि सक्रिय अवस्थामै रहेको छ ।

यसैबिच देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा आइतबार दिउँसो मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आइतबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली ९देशभर सामान्य देखि पूर्ण बदली० रहने महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भइरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077