Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा इक्वेडरमाथि ३–० गोलको जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गरेको हो।

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको खेलमा अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्तिनेज र लियोनल मेस्सीले गोल गरेका हुन्।

४० औँ मिनेटमा राड्रिगोको गोलबाट सुरुवाति अग्रता लिएको अर्जेन्टिनाका लागि ८४ औँ मिनेटमा मार्तिनेजले गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै लियोनल मेस्सीले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गरेका हुन्।

त्यसअघि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा इक्वेडरका पिएरो हिन्कापिएले सीधै रातो कार्ड पाएका थिए।

मेस्सी नेतृत्वको अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।

आज बिहान भएको अर्को खेलमा उरुग्वेमाथि टाइब्रेकरमा जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा ब्राजिल र पेरुबिच हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077