Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • उपत्यकामा जोरबिजोर हट्यो, साना सवारीसाधन पनि चल्ने (आदेशसहित)

    उपत्यकामा जोरबिजोर हट्यो, साना सवारीसाधन पनि चल्ने (आदेशसहित)

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमडौंले कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञालाई खुकुलो बनाएको छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ भने यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ ।



    आजको निर्णयसँगै अब पर्सी अर्थात मंगललबारबाट काठमाडौंमा जोर विजोर प्रणाली हट्ने छ भने साना माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् । झण्डै दुई महिनापछि प्रशासनले काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिने निर्णय गरेको हो । यद्यपी निषेधाज्ञा भने असार मसान्तसम्म लम्ब्याइएको छ ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ । तर, सभा सम्मेलन, पार्टीप्यालेसलगायत भने बन्द नै हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार