Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपत्यकामा अब राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

    उपत्यकामा अब राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञालाई थप कडा बनाउँदै उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

    बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने बताइएको छ ।



    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए। उनले भने–‘निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ। राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेका हौं ।’

    थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ । राति ८ बजेदेखि लागू हुने यो नियम अर्को दिन बिहान कतिबेलासम्म लागू हुने हो भन्नेबारे भने उनले खुलाएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार