Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकाका सिडिओहरुको बैठक भोली बस्दै, जोर/विजोर प्रणाली हटाउने तयारी

    उपत्यकाका सिडिओहरुको बैठक भोली बस्दै, जोर/विजोर प्रणाली हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक भोली बस्ने भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सवारी साधन चलाउन लगाइएको जोर/बिजोर प्रणालीबारे सर्वत्र आलोचना भएपछि भोलि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन्।

    कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर(बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेको छ ।



    ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर/बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने जानकारी दिएका छन्।



    सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै जोर/बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। चिकित्सकदेखि सर्वसाधरणहरुले यसको विरोध गरिरहेका छन् ।

    उनीहरुलेजोर(बिजोर प्रणालीले संक्रमण रोक्ने भन्दा पनि झन बढी भीडभाड गराउने बताइरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डाक्टर दिनेश काफ्ले सरकारको यो नीति उल्टो भएको दावी गर्छन् । उनी भन्छन्–‘जोर/बिजोर प्रणाली प्रदुषण कम गर्नलाई ठिक होला तर संक्रमण कम गर्ने हिसाबले यो उल्टो बाटो भयो। किनभने दुईटा गाडीमा आउने मान्छे एउटैमा आउने भयो। यसले त झन् संक्रमण छिटो हुने भयो। अनि यो उल्टो बाटो भएन र ।’

    अधिकांश चिकित्सकहरु जोर/बिजोर हटाएर भीडभाड हुने ठाउँहरूलाई नियन्त्रण गर्नुपर्ने बताइरहेका छन् । सवारीसाधनमा मात्र नियन्त्रण गर्दा त्यसले खासै योगदान नगर्ने चिकित्सकहरुको भनाई छ । सर्वसाधरणहरु पनि गाडी कम भएपछि एउटै गाडीमा झन् कोचाकोच भएर आवतजावत गर्न बाध्य भएको बताइरहेका छन् ।

    पछिल्लो समय जोर/बिजोर भन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने आवाज उठेकाले उपत्यकाका सिडिओहरुले भोली नै त्यसबारे निर्णय लिन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार