Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक आज, निषेधाज्ञामा थप कडाइ गरिदै

    उपत्यकाका सीडीओहरुको बैठक आज, निषेधाज्ञामा थप कडाइ गरिदै

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठक आज दिउँसो २ बजे बस्दैछ ।

    पछिल्लो समय उपत्यकालगायतका जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको जोखिम पुन: बढ्दै गएकाले यसबारे छलफल गर्न बैठक बस्न लागेको हो।



    बैठकले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा थप कडाई गर्ने तयारी गरेकाे काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।



    पराजुलीका अनुसार उपत्यकामा संक्रमण बढेकाले कडाइ गर्ने तयारी गरिएको छ । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता खुकुलो बनाइए पनि संक्रमण फेरि बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसअघि लागु भएको निषेधाज्ञा भोलि बुधबार राति सकिदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार