Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएको भन्दै बैंकका कर्मचारीहरुले सर्वोच्च अदालतसँग गुहार मागेका छन् ।

सामाजिक सुरक्षा कोषमा जबर्जस्ती आवद्ध नगराउनु भनी बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकुल असर पार्ने गरी, खाई पाई आएको सुविधा कटौती गर्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता काम नगर्नु नगराउनु भनी परमादेश माग गरेका छन् ।

उनीहरुले आफूहरुको खाइपाइ आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण देखाएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन इन्कार गरिरहेका छन् ।

बैंक कर्मचारीको रिटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोष, विभिन्न बैंकलाई विपक्षी बनाएका छन् ।

कोषले सार्वजनिक सूचना निकालेर बैंकहरुालई असारभित्रै कोषमा आवद्ध हुन भनेपछि कर्मचारीहरु आन्दोलित छन् ।आन्दोलन र कानूनी उपचारसँगसँगै खोज्ने भन्दै विभिन्न बैंकका कर्मचारी संघहरुले सर्वोच्चमा आइतबार रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077